ताजा समाचार

सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन, नयाँ मुलुकी ऐनको विरोध

काठमाडाैँ १, भदाै ।   नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् ।

नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्नेमा जितिन लिम्बु छन् ।

सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए ।

हाल लिम्बुलार्इ वृत्तको हिरासतमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org