ताजा समाचार

मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट आयोग

काठमाडाैँ १, भदाैँ ।  राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेका हुन् ।

उनले लागु भएको मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरे ।

मुलुकी ऐन प्रतिस्थापनका लागि बनेका कानुनको आलोचना समेत भइरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पौडेलले यसले नेपालले पीडितलाई न्याय दिन नसकेको भनि अन्तराष्ट्रिय समुदायले गरिरहेको आलोचनाको गतिको जवाफ दिने पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आजबाट लागू गरेको सो कानुन सार्वभौमसत्ता सम्पन्न संसदले पारित गरेको, सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क पनि गरे ।

सरकारले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ कानुन लागू गरेको हो । सो कानुन समयसापेक्ष रहेको पनि आयोगका सदस्य पौडेलले स्मरण गराए ।

राणा कालमा तर्जुमा गरिएको सो ऐनलाई सरकारले १ सय ६५ वर्षपछि प्रतिस्थापन गरेको हो ।

प्रतिस्थापन गरिएको कानुनहरुमा मुलुकी अपराध ऐन अन्तरगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org