साताभरमा डेढ अर्बको कारोबार, नेप्सेले झिनो आसा देखायो
काठमाडाैँ १, साउन । पूँजीबजार लगानीकर्ताहरुका लागि यो साता त्यति फलादायी बन्न सकेन । साताभर भएको कारोबार फलदायी बन्न नसके पनि लगानीकर्ताहरुका लागि यो साताको अन्तिम दुई दिनको कारोबारले आशा भने जगाएको छ ।
लामो समयदेखि ओरालो लागेको बजारमा साताको अन्तिम दुई दिन अर्थात बुधबार र बिहीबार भने उकालो लाग्यो । बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार झिनो अंकले नै भए पनि उकालो लागेपछि लगानीकर्ताहरु हर्षित देखिएका हुन् ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म २२ हजार ५ सय २० वटा कारोबार भए ।
कारोबार रकममा उल्लेखीय सुधार
सातामा ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेले दिएको जानकारी अनुसार ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १ सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले घटेर अन्तिम दिन १२ सय १०.३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले घटेर २५५.३८ अंकमा आइपुगेको छ ।
कारोबार रकममा नेपाल लाइफ अग्रस्थानमा
यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । सात करोड ८४ लाख रुपैयाँको कारोबार गदै नेपाल लाइफ पहिलो स्थानमा देखिएको हो ।
त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । -एक लाख ७५ हजार कित्ता कारोबार गर्दै मेगा अग्रस्थानमा देखिएको हो । उता कारोबार संख्या १ हजार २ सय ६५ का आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।
कारोबार रकमका आधारमा नेपाल लाइफ पछि नविल बैंक देखिएको छ । यसैगरी प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नविल बैंक संस्थापक कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज...
-
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास...
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
धुलिखेल । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो...
-
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा...
-
यसवर्ष च्याङग्राको मूल्य घट्यो
काठमाडौं । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा...
-
नेपालको बिजुली बंगलादेश निर्यातका लागि आज हस्ताक्षर हुँदै
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक...
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
काठमाडौं । पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ ।...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज...