ताजा समाचार

प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडाैँ २, साउन । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश गरेको छ।

नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो।

उनले  ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरीको दावी छ। चुनाव अघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा – माओवादी (मोहन वैद्य किरण समूह)बाट फुटेको थियो।

न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org