झाको हत्यामा भान्साको चक्कु प्रयोग, तराईको भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु
काठमाडौं ५,भदाै । प्रहरीले पूर्वराजदूत केशव झाको हत्यामा संलग्नभएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो । मालीहको नाम खुलाइएको छैन ।
नियन्त्रणमा लिइएका तीन जनासँग दिनभरि सोधपुछ गर्दा पनि परिणाम ननिस्केपछि तराईमा क्रियाशिल भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, तर अनुसन्धानको केन्द्रमा भने नियन्त्रणमा रहेकै व्यक्ति छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।
महानगरी प्रयरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने, ‘शंका धेरैतिरबाट भए पनि थ्रेटको जानकारी परिवारका सदस्यलाई समेत नभएकाले अनुसन्धान चिरपरिचित व्यक्तिमै केन्द्रित छ ।’
‘भान्साकै चक्कु प्रयोग गरी हत्या गरिनु र चक्कु त्यहि छोडिनु जस्ता विषयलाई हेर्ने हो भने हत्या गर्ने व्यक्ति वा समूह टाढा छैन भन्ने हाम्रो अनुमान हो ।’ महाशाखा प्रमुख सिंहले भने ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...