ताजा समाचार

‘सम्पत्ति शुद्धिकरणका लागि ठूला नोट प्रतिबन्ध गरौं’:महेश बस्नेत

काठमाडौं ५,भदाै  । नेकपाका साँसद महेश वस्नेतले नेपालमा कालोधन कारोबार बढ्दै गएको भन्दै नोटवन्दीको प्रस्ताव गरेका छन् । संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले ५०० र १००० दरका नयाँनोट तत्काल छापेर प्रचलनमा ल्याउन माग गरे ।

उनले २ महिनाको समय दिएर नोट साटन दिन सकिने व्यवस्था सरकारलाई सुझाएका छन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवि नेपाल सहभागी बैठकमा उनले कालोधनको कारोबार समाप्त पार्न यस्तो प्रस्ताव राखेका हुन् ।

पछिल्लो समयमा नेपालमा कालोधनको कारोबार व्यापक रुपमा बढेको भन्दै यसलाई निस्तेज पार्न नोटवन्दी आवश्यक रहेको उनको जिकिर छ । “अर्थतन्त्रमा ठुलो पैसा बाहिर छ । कालो धन छ भन्ने चर्चा छ । त्यस्का लागि ५०० र १००० दरका नया नोट छापौ र केही महिना भित्रै साट्न समय दिऔं”उनले भने ।

भारतमा पनि मोदी सरकारले कालोधनलाई समाप्त पार्न नोटवन्दी गरेको थियो । त्यहाँ नोटवन्दी गरेपनि ९९ प्रतिशत रकम साटिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org