ताजा समाचार

ट्याक्सी ड्राइभरलाई आजबाट ‘फ्लोरेसेन्ट’ ज्याकेट अनिवार्य

काठमाडौं  ६,भदाै  । काठमाडौमा भाडाका ट्याक्सी चलाउने चालकहरुले (आज) बुधबारबाट अनिवार्य ड्रेस लगाउनुपर्ने भएको छ ।

बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरि राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि पर्याप्त ड्रेस तत्काल सम्ंभव नहुने भएकाले एक महिनाको समय दिएको छ ।

एक महिनाभित्र सबै ट्याक्सी ड्राइभरले ड्रेस नलगाए कारवाही हुने वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए । उनले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसाशित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

यात्रुलाईलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता ड्राईभरलाई कानुनी कारवाहीको दायरामा ल्याइने उनले बताए । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुसासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिए ।

उनले पूर्वाधार, उपयुक्त पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसँग माग गरे । माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरुलाई कारवाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उहाँले ध्यानाकर्षण गराए ।

सरकारले ट्राफिक कार्यालयहरु र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाडौ उपत्यकासँगै देशभर भाडाका ट्याक्सी चलाउने सवारी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org