ताजा समाचार

सञ्चालनमा आएको ५ दिनमै किन भयो ? कलंकीको अन्डर पास बन्द

काठमाडाैँ ६, भदाै ।   भदौ १ गतेदेखि सञ्चालनमा आएको कलंकीको अन्डरपास बुधबारबाट बन्द भएको छ। केही प्राविधिक कामहरू नसकिएकाले साता दिनका लागि बाटो बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ।

‘भित्र दायाँबायाँ लाइट राख्नेलगायत प्राविधिक काम र पिच गर्न पनि बाँकी छ, त्यसका लागि हप्ता दिन लाग्छ भनेकाले आजदेखि सवारी बन्द गरेका छौं,’ ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक विमलकुमार थापाले भने,‘अन्डर पास बन्द भएपछि जाम बढेको छ।’

उनका अनुसार हिजोअस्ति ५/१० मिनेट पर्खेर कलंकी कट्ने सवारी साधन आज २०/२५ मिनेट पर्खनुपर्ने भएको छ।

‘सबैमाथिबाट आएपछि हिजोअस्तिभन्दा धेरै जाम भएको छ,’ थापाले भने।

चीन सरकारको आर्थिक सहयोगमा पहिलो चरणमा भएको कोटेश्वर-कलंकी चक्रपथ विस्तारमा अन्डरपास बनाइएको हो।

अन्डरपास बने पनि यसको औपचारिक उद्घाटन भएको छैन। भदौ १ गतेदेखि परीक्षणको रूपमा अन्डरपासबाट गाडी चल्न थालेका थिए।

यो नेपालको पहिलो अन्डरपास हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org