ताजा समाचार

बैदेशिक रोजगारिमा जाने १० प्रतिशत घट्दा पनि रेमिट्यान्स भने साढे चार प्रतिशतले बढ्यो

काठमाडाैं ६, भदाै ।   नेपालबाट बैदेशकि रोजगारीमा जानेहरुको बृद्धि दर १० प्रतिशत भन्दा बढीले घटे पनि विप्रेषण आप्रबहा अर्थात रेमिट्यान्समा भने साढे चार प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक बर्षमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई सात खर्ब ५५ अर्ब ६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात
समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाह १.५ प्रतिशतले बढी रु.८६४ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.५ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृति (पुनः श्रमस्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो । स

मीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org