ताजा समाचार

राष्ट्रपति अब बिवाइडी कम्पनीको विद्युतीय कारमा सरर

काठमाडाैं ८,भदाै ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्युतीय कारमा सवार हुने भएकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार उनका लागि बिवाइडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ।

चार्जिङ स्टेशनको शुल्कसहित  कारको मूल्य करिब ६० लाख परेको राष्ट्रपति कार्यालयले जनाएको छ।

‘यो गाडीले एकातिर प्रदुषण गर्दैन। अर्कातिर इन्धन पनि आयात गर्नुपर्दैन। विद्युतीय सवारीमा जनचेतना फैलाउन पनि राष्ट्रपतिका लागि गाडी किनिएको हो,’ राष्ट्रपति कार्यालयका उपसचिव लोकनाथ सुवेदीले भने, ‘नजिकै निस्कनु पर्दा राष्ट्रपतिज्यू यही गाडी चढ्ने कुरा छ।’

राष्ट्रपति चढ्ने कार २ घन्टा मिनेटमा फुल चार्ज हुन्छ। एक पटक फुल चार्ज ४०० किलोमिटरसम्म गुड्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org