ताजा समाचार

प्रभु बैंक कनेक्ट आपिएस प्रणालीमा आबद्ध

   काठमाडौ १०,भदाै । प्रभु बैंक पनि कनेक्ट आईपीएस प्रणालीमा आबद्ध भएको छ। नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्दित नेपाल क्लियर हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएसमा प्रभु बैंक पनि आबद्द भएको जनाइएको छ।

  यससंगै प्रभु बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन।यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु लिन सक्नेछन।

ग्राहकले यसमा आबद्ध भएपछी अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्नेछन। हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको र छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको कम्पनीले जनाएको छ।

             

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org