ताजा समाचार

गाईजात्रामा कलाकारको व्यङ्ग्य : प्रधानमन्त्री देखी धमलालाई पनि छोडेनन्

काठमाडाैं ११, भदाै । लोकप्रिय हास्यव्यँग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउदै जनताले दुःख पाएको बताए ।

manoj-tapaikokhabar

उनले भने,‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो । सरकारले लगाएको करको प्रसँग जाड्दै भने, हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।

ओलीले हाँस्य कलाकारको जागीर खाईदिए : दीपकराज गिरी

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न गाईजात्रा विषेश साक्षात्कारमा दीपकराज गिरीले पाँच वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाएका छन् ।

deepak-tapaikokhabar

उनले भने, ‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्यचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ, अर्को तर्फ पाँच वर्षको लागि बनेको सकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खुब हसाई राख्नु भएको छ ।

कार्यक्रम जनता जान्न चाहन्छ संचालकको तीन सेन्टिमिटर लामो नाक : केदार घिमिरे

एक महिना अघि प्रदेश नम्बर ७ को कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणलाई स्मरण गदै अर्का हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले प्यारोडि गीत गाएर सुनाएका थिए । उनले पत्रकार ऋषि धमलालाई साथमा राखेर बलात्कारका घटनाका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ भनेर लेख्न बोल्न आग्रह गरेका छन् ।

kedar ghimire-tapaikokhabar

त्यस्तै केदार घिमिरेले प्रस्तुतिका क्रममा धमलालाई आफ्नो पछाडि नै उभ्याएर व्यङ्ग्य गरे । उनले धमलाको नाम जोडेर गितसमेत गाएका थिए । घिमिरेले धमलालाई नचाउनसमेत भ्याए । उनले कार्यक्रम जनता जान्न चाहन्छ संचालकको तीन सेन्टिमिटर लामो नाक भएका भन्दै कटाक्ष गरेका थिए ।

प्रधानमन्त्रीलाई कलाकारका कुरा सुन्न र व्यङ्ग्यको भाव बुझ्न फुर्सद छैन् : जितु नेपाल

कार्यक्रममा अर्का लोकप्रिय हाँस्य व्यङ्य कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताएका छन् । उनले भने,‘वर्तमान सरकार कलकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैन्, अहिले त कसैले सरकारको गल्तिका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउदैछन्, बोल्न पनि डरमर्दो छ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ, कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यङ्ग्य गर्दा हरिबंशले लुगा फेर्दै गरेको ठाउमा पुगेर तिमीलाई त व्यङ्ग्य गर्न आउँदैन रहेछ भनेर भन्नु भएछ ।

उनले भने,‘हरिबंशले डराउदै किन के भयो ? केही गल्ति गरेकी भनेर सोध्दा भट्टाईले भन्नु भएछ यो त कम भयो, यो भन्दा बढि म आफैले गर्न सक्थे, पुगेन सरकारका गल्ति कम्जोरीको बारेमा खरो रुपमा प्रस्तुत हुनुपर्छ, खै मलाई त उडान सक्नु भएन, भन्नु भएको थियो तर आज प्रधानमन्त्रीलाई कलाकारका कुरा सुन्न र व्यङ्ग्यको भाव बुझेर जनताको काम गर्न फुर्सद छैन् ।

ऋषि जी त मेरो आफ्नै श्रीमान : पल्पसा डंगोल

पल्पसा डंगोलले त ऋषि धमला आफ्नै श्रीमान भएको दाबी गरिन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा केही समय धमलासँगै काम गरेकी डंगोलले सन्दर्भ जोडेकी थिइन् । पहिला मुलाको सागको श्रीमती भन्ने गरे पनि पछिल्लो समय धमलाको श्रीमती भन्ने गरेको उनले बताईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org