ताजा समाचार

बिमस्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापनको लागि, पुरानो बसपार्क बन्द

काठमाडाै १२,भदाै ।   बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै काठमाडौंको खुलामञ्चमा रहेको बसपार्क मंगलबारदेखि बन्द गरिएको छ।

बिहानैदेखि बसपार्क बन्द हुँदा गाडी चढ्ने ठाउँ एकिन गर्न यात्रुहरू अलमलिएका छन्।

चौथो बिमस्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भएकाले पूर्व तयारी एवं ट्राफिक व्यवस्थापन तथा बसपार्क मर्मतका लागि भदौ १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुनेु काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ।

बिहान ६ देखि बेलुकी ६ बजेसम्म चारैदिन बसपार्क बन्द गरिएको महानगरपालिकाले जनाएको छ।

बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने ठूला यात्रुबाहक सवारीसाधनलाई कोटेश्वरबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलंकी हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org