ताजा समाचार

बिमस्टेक सम्मेलनका विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउदै

काठमाडाै १२,भदाै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक शिखर सम्मेलनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई जानकारी गराउदै छन। संघीय संसदमा अपरान्ह एक बजे बोलाइएको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनका विषयमा जानकारी गराउने छन ।

उनले सम्मेलनको तयारी, एजेण्डा लगायतका विषयमा सांसदलाई जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बिहीबारबाट शुरु हुने सम्मेलनका लागि आजैबाट पाहुनाहरु काठमाडौं आउन शुरु हुदैछ । आजै अपरान्ह म्यान्मारका राष्ट्रपति विन मिन्ट नेपाल आउदै छन। बिमष्टेकमा बिभिन्न ५ बिषयमा छलफल हुन लागेको छ । यसैविच, बैठकमा सरकारले आज बिभिन्न ५ वटा विधेयक टेबुल गर्दैछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले रोजगारीको हक सम्बन्धी विधेयक प्रस्तुत गर्नु हुनेछ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय पहिलो संशोधन विधेयक र सामाजिक सुरक्षा विधेयक तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले भूमि सम्बन्धी सातौं संशोधन विधेयक टेबुल गर्नेछन । बैठकमा वैयक्तिक गोपनीयता सम्बन्धी विधेयकमा सामान्य छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org