ताजा समाचार

म्यान्मारका राष्ट्रपति काठमाडौंमा, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले गरे स्वागत

काठमाडाैं १२, भदाै ।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन्।

म्यानमारबाट नेपाल भ्रमण गर्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् भने बिम्स्टेकको पनि पहिलो पाहुना हुन्। सन् १९७७ मा म्यानमारका अध्यक्ष (सेना प्रमुख) जनरल ने वीनको नेपाल भ्रमणपछि म्यानमारबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो।

म्यानमारका राष्ट्रपति मिन्टको यो भ्रमणलाई नेपालले औपचारिक सद्भाव भ्रमणको रुपमा समेत अगाडि बढाएको छ। मिन्ट बिम्स्टेकको सम्मेलनका लागि नेपाल आउने पहिलो विदेशी भीभीआईपीसमेत हुन्।

उनी आज दिउसो २:४५ मा त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org