ताजा समाचार

खोलाले बगाएका दम्पति श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता

रामेछाप १२,भदाै ।  रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका दम्पतीलाई खोलाले बगाएको छ । श्रीमानको शव फेला परेको छ । श्रीमती अझै वेपत्ता छन् ।

सोमबार अपरान्ह घाँस काट्न गएका लिखु तामाकोसी गाउँपालिका-५ नागदहका ३२ वर्षीय सिँहबहादुर तामाङ र उनकी पत्नी ३१ वर्षीया राममाईँ तामाङ मंगलबार पनि घर नफर्किएपछि बिहानबाट खोजी सुरु गरिएको थियो ।

खोजीका क्रममा छोरीले खोला किनारमा आमाले लगाएको चप्पल फेला पारेपछि गाउँलेलाई खबर गरेकी थिएन । त्यसलगत्तै खोजी गर्दा गैरीखोलाको श्रीपञ्चमी भन्ने स्थानमा सिँहबहादुरको शव फेला परेको हो ।

घटनास्थलमा पुगेका लिखु तामाकोसी गाउँपालिका-५ का वडाअध्यक्ष सोमबहादुर तामाङका अनुसार सिँहबहादुरको शव खोलामा गाडिएको अवस्थामा भेटिएको छ । उनकी श्रीमतीको खोजी कार्य जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org