ताजा समाचार

पेटिकाेट लगाएर बलात्कारीलार्इ फाँसीकाे सजायकाे माग गरेकाे सावित्री समुहद्वारा कपला मुण्डन

काठमाडाैं १२,भदाै ।  बलात्कारबाट मृत्यु भएका र हत्या गरिएका बालिका तथा महिलाहरुको सम्झनामा अधिकारकर्मीहरुले आज कपाल मुण्डन गरेका छन् ।

बलात्कारीलाई फाँसीको माग गर्दै आन्दोलनमा उत्रिएका अभियान्ताहरुले आज काठमाडौंमा सामुहिक कपाल मुन्डन गरेका हुन् । संविधान संसोधन गरेर जघन्य खालका बलात्कारका घटनामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी एक महिला र चार पुरुषले कपाल मुण्डन गरेका छन् ।

मुलुकका विभिन्न स्थानमा बालबालिका माथि भइरहेको यौन शोषण, बलात्कार र हत्याका घटना विरुद्ध सावित्री सुवेदी लगायतको समुहले विरोध गर्दै आएको छ । जय नारीका नामले चिनिने सो समुहले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित अभियान सुरु गरेको हो । बलात्कारीलाई समाजको बस्ने अधिकार नहुने भन्दै त्यसता संघिन अपारधका दोशीहरुलाई फाँसीको सजाय दिइनुपर्ने उनीहरुको तर्क छ ।

उनीहरुले समय अनुसार संविधान समेत परिमार्जन गर्नुपर्ने बताएका छन् । फासी विरुद्धको अभिसन्धीमा नेपालले हस्ताक्षर गरेका कारण नेपालले फाँसीको सजाय दिन नमिल्ने भएकाले समय अनुसार परिमार्जन गर्न संयुक्त राष्ट्रसंगलाई मुलुकको स्थिति दर्शाएर अनुरोध गर्न सरकारलाई आग्रह समेत गरेकाे छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org