ताजा समाचार

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !

कञ्चनपुर १४,भदाै ।  कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ ।

जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ ।

छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए ।

‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्‍यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज महरा पक्राउ परे ।’

तर, प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ । ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन् । यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु ।

गरिबको पक्षमा प्रहरीले कहिल्यै काम गरेन,’ उनले भने । मदन र भरतले प्रहरीसँगको बयानमा कविताले आफ्नै जुत्ताको तुना जोडेर रूखमा झुन्डिएर आत्महत्या गरेको र आफूहरू फसिने डरले रूखबाट शव झिकेर गाडेको बयान दिएका छन् ।,

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org