ताजा समाचार

२ महिनापछि गृहले सिल तोडेपछि, आजबाट खुल्यो बाजेको सेकुवा

काठमाडाैँ १८,भदाै  । सर्वोच्च अदालतले भदौं १३ गते सबै शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश दिएपछि आजबाट काठमाडौं उपत्यकामा रहेका सबै १० वटै शाखा संचालनमा आएको हो।

बन्द भएको साढे २ महिनापछि काठमाडौं उपत्यकामा रहेको बाजेको सेकुवाको सबै शाखाहरु आजबाट संचालनमा आएको छ।

बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि गृह मन्त्रालयद्धारा गठित सुन छानबिन समितिले गत जेठ ३० गते बाजेको सेकुवामा छापा मारेर सिल गरेको थियो।

सबै शाखा सिल गरेपछि संचालक निकिता भण्डारीले सर्वोच्च रिट हालेकी थिइन् । सुन काण्डमा चेतनाथ भण्डारी मुछिएपनि ब्यवसाय बन्द गर्न नहुने भन्दै सुन छानविन समितिको आलोचना भएको थियो।

ब्यापारीहरुले सुन छानबिन समितिकै नियतमाथि शंका गरेका थिए। सरकारले बाजेको सेकुवामा ताला लगाएर उक्त कम्पनीका अन्य सेयरधनी र कर्मचारीको अधिकारसमेत हनन गरेको ब्यापारीहरुले बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org