ताजा समाचार

नुबियाले ल्यायो बजारमा एकैसाथ ४ स्मार्टफोन

काठमाडाैँ १९,भदाै । आईपीटी नेपाल प्रालिले नेपालमा नुबिया ब्रान्डको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनिले नेपालि बजारमा एकै पटक चारवटा स्मार्ट फोन सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको स्मार्टफोनमा एम २ लाईट,एन२, जेड१७ मिनि , जेड१७ मिनि एस   छन्। कम्पनिले यू ड्ट निड डिएसएलआर भन्ने ह्यासट्यागका साथ क्यामरा सार्वजनिक गरेक हो ।

कम्पनिका अनुसार नुबिया एम २ लाइटमा ४ जीबी र्याम र ३२ जीबी रोम छ ।१६ मेगापिक्सलको फ्रन्ट र १३ मेगापिक्सलको रियर क्यामरा रहेको स्मार्टफोनको बजार मुल्य १९ हजार ९सय ९९ छ । १६ मेगापिक्सलको फ्रन्ट र १३ मेगापिक्सलको क्यामरा रहेको अर्को फोन नुबिया एन २ मा पाँच हजार एनएएचको ब्याट्रि छ ।

चार जीबी र्याम र ६४ जीबी रोम रहेको फोनको मुल्य २४ हजार ८सय ९९ तोकिएको छ ।त्यस्तै तीनवटा क्यामरा रहेको जेड १७ को मुल्य २९ हजार ९सय ९९ छ । त्यस्तै चार क्यामरा रहेको जेड १७ मिनि एस को मुल्य ३७ हजार ९सय ९९ तोकिएको कम्पनिले जनाएको छ कम्पनिका अनुसार उक्त फोनमा १३ मेगापिक्सलको ड्युल रियर क्यामरा र १६ प्लस पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org