ताजा समाचार

बोक्रे लोकप्रियताकै लागि गरे सञ्जेलले ३०० सयको बिहे,अन्तत: भन्छन् संस्कृतिलाई पनि मिचिहाल्न सकिँन !

काठमाडाैँ  १९,भदाै । बिहेमा जम्माजम्मी ३०० रुपैयाँ खर्च गरेको भन्दै शिक्षा अभियन्ता उत्तम सञ्जेल सोमबार एकाएक भाइरल बने । ४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेललाई उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ दिए ।

पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु उपस्थित थिए ।

दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताए ।

यो खबर एकाएक भाइरल भयो । शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका सञ्जेलले अर्को अनुकरणीय काम गरेको भन्दै समाचार बने, धेरैले बधाइ दिए ।

तर, साँझपख बिहेको एउटा तस्वीर सार्वजनिक भयो । जसमा सञ्जेल र कला जग्गेमा बसेका छन् । दुलाहा, दुहलीले अर्को माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् ।

सञ्जेलको बिहे भइरहेको यो तस्वीर सुरुमा त धेरैलाई विश्वसनीय नै लागेन । सञ्जेललाई बदनाम गराउन फोटोसप गरिएको त होइन भनेर धेरैले आशंका गरे ।

तर, सञ्जेलले स्वीकार गरेका छन्, यो फोटोसप गरिएको होइन, साँचो तस्वीर हो ।

खासमा जब ३०० रुपैयाँमा बिहे गरेका सञ्जेल दुलाहा-दुलहीलाई बधाई दिएर जब पाहुनाहरु हिडेँ, त्यसपछि गुहेश्वरीमा नै जग्गे हालेर पूजापाठ गरिएको रहेछ ।

सुरुमा तस्वीर सही होइन होला भन्दै अस्वीकार गरेका सञ्जेलले  भने, ‘पूजापाठ, शान्ति स्वस्ति क्या ! आफ्नो, पर्सनल ।’

तर, ३०० रुपैयाँमा सकिएको भनिएको बिहेमा खर्च त थपिएछ नि हैन ? अनलाइनखबरको प्रश्नमा सञ्जेलले भने- ‘अलिकति । चानचुन पैसा ।’

प्रगतिशील संस्कार देखाएको भनेर दिनभर प्रशंसा पाएका सञ्जेलले भन्छन – ‘आफ्नो संस्कृतिलाई पनि मिचिहाल्न सकिँदैन रहेछ ।’

सुन्दा कसैलाई बिस्वास नलाग्ला सकियो ३ सय रुपैयाँमै बिहे

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org