ताजा समाचार

बिकस्टेक सार्कको विकल्प होइन :प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं,१९ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिकस्टेक सार्कको विकल्प नभएको बताएका छन् ।

सम्मेलनबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले सम्मेलन सफल भएको बताए । सार्क राष्ट्रबीच असमझदारी छन् भने त्यसमै अल्रझिएर बस्न नहुने भन्दै उनले भने, ‘सार्क भएपछि बिमस्टेक हुनु हुँदैन भन्ने पनि होइन ।’

नेपाल सार्क राष्ट्रको अध्यक्ष भए पनि सम्मेलन गर्ने जिम्मेवारी पाकिस्तानको भएको भन्दै उनले नेपालले नै आयोजना गर्न मिल्ने भए सम्मेलन गरिसक्ने धारणा राखे ।

पाकिस्तानको अघिल्लो प्रधानमन्त्रीसँग सार्कबारे आफ्नो कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सार्कलाई पुनः गतिशील कसरी बनाउन सकिन्छ भनेर मोदीजीसँग पनि कुरा गरेको छु । हामी सार्कलाई गतिशील बनाउने पक्षमा छौं ।’

प्रधानमन्त्री ओलीले बिमस्टेकको सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै यो सबै नेपालीको सफलता भएको दावी गरे । ‘यो सफलता हामी सबैको सफलता हो । नेपालको सफलता हो । नेपाली जनताको सफलता हो । क्षेत्रीय राजनीति, कुटनीति र क्षेत्रीय विकासको साझा प्रयासको सफलता हो’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org