ताजा समाचार

तिब्बतबाट भित्रिएको दुई किलो सुन चितवनमा समातियो

चितवन २०,भदाै।  तिब्बतबाट नेपाल भित्रिएको दुई किलो सुन प्रहरीले चितवनमा समातेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र प्रदेश नम्बर ३ क्षेत्रीय अनुसन्धान समूहले भरतपुर महानगरपालिका १ पुतलीबजारबाट मंगलबार मध्यराति सुन समातेको हो।

पुतलीबजारस्थित एक घरमा डेरा बस्ने भारत महाराष्ट्र साङ्ली जिल्लाका राजेन्द्र पाटिलले सञ्चालन गरेको गणेश सुनचाँदी पसलबाट प्रहरीले दुई किलो सुन र चार किलो चाँदीसहित १२ लाख रुपैयाँ बरामद गरेको हो। ‘तस्करी गरी ल्याइएको सुन कारोबार भइरहेको जानकारी आएपछि हामीले चेकजाँच गर्दा उक्त परिमाणको सुनचाँदी फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभु ढकालले  भने।

पाटिललाई प्रहरीले पक्राउ गरेको छ। बरामद भएको सुन दुई किलो ७६ ग्राम, चाँदी चार किलो ६१७ ग्राम र नगद १२ लाख रुपैयाँ राजश्व अनुसन्धान विभाग पठाइएको छ। विगत दस वर्षदेखि नारायणगढमा सुन बिक्री वितरण र रिफाइनिङ गर्ने पाटिलले तिब्बती नागरिकले आफूलाई उक्त सुन ल्याइदिएको प्रहरीलाई बताएका छन्। ‘रसुवा नाकासम्म चिनियाँ नागरिकले ल्याइदिएको र त्यहाँबाट आफूले चितवन ल्याएको पाटिलले बताएका छन्,’ ढकालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org