ताजा समाचार

यस कारण एयर एसियाले बन्द गर्दैछ,नेपाल उडान

काठमाडाैँ २४,भदाै ।  मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्सले नेपाल उडान बन्द गर्ने निर्णय भएको छ ।

एयरलाइन्सका अनुसार-यात्रु अभावकै कारण विगत पाँच महिनादेखि निरन्तर घाटामा गएकाले बाध्य भएर उडान बन्दको निर्णय लिनुपरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई सो एयरलाइन्सले औपचारिक जानकारी गराउँदै असोज २७ गते (अक्टोबर १३) देखि नेपाल उडान बन्द गर्ने जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने–नेपालबाट मलेसिया जाने यात्रु घटेकाले उडान बन्द गर्नुपरेको हो ।

क्षेत्रीका अनुसार यो वायुसेवाले तीन साता अगाडि नै नेपालमा गर्दै आएको उडान एक वर्षका लागि रद्द गर्ने निर्णयसहितको पत्र दिइसकेको छ ।

उनले भने–एक वर्षपछि हुने यात्रुको अवस्थाका आधारमा पुनः उडान गर्न सक्ने गरी उडान रद्द गरिएको हो ।

यो वायुसेवाले ६ वर्ष अगाडि अर्थात् २०६९ असार तेस्रो साताबाट नियमित रूपमा क्वालालम्पुर–काठमाडौं दुईतर्फी उडान गर्दै आएको छ। यो वायुसेवाले सातामा पाँचवटा उडान गर्दै आएकोमा गत महिनादेखि चारवटा मात्रै गरिरहेको छ।

यसअघि यूएईको र्याक एयर, दुवाईको फ्लाई दुवाई, भारतको किङफिसर, बहराइनको गल्फ एयर, पाकिस्तानको पीआईएसहितका वायुसेवाले पनि उडान बन्द गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org