ताजा समाचार

पुरक बजेटबाट बृद्धभत्ता बढाउने सरकारको तयारी

काठमाडौं भदैा २४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकले प्रत्यक्ष महशुश गर्ने गरी केही नयाँ जनहितका महत्वपूर्ण घोषणा गर्ने तयारी गरेको नेकपाका अध्यक्ष प्रचण्डले खुलासा गरेका छन् । पुरक बजेट ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीले आन्तरिक तयारी शुरु गरिसकेको उच्च स्रोतले जनाएको छ ।

गएको साता आफै निवास खुमलटारमा आयोजित पत्रकारसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भने, ‘नेकपाको लक्ष्य भनेको सामाजिक न्यायसहितको समाजवाद स्थापना गर्ने हो । दुई तिहाईको इतिहासको शक्तिशाली सरकारमा जनताले प्रत्यक्ष महशुश गर्ने जनहितका केही नयाँ घोषणा गर्ने तयारीमा हामी छौं ।’

प्रचण्डले भने, ‘सरकारका कामकारबाहीलाई प्रभावकारी र जनपक्षीय बनाउन हामीले मन्त्रीहरुको हेरफेर, पुरक बजेट र नयाँ केही निर्णय गर्ने अन्तिम तयारी र समीक्षा छौं । जसमा बृद्धभत्ता बढाउने पनि हाम्रो पहिलो प्राथमिकतामा छ । पूरक बजेट ल्याएर भए पनि बृद्धभत्ता बढाउँछौ ।

बृद्ध भत्ता कतिले बढ्छ त्यो खुलाइएको छैन । तर बृद्ध बढाउने तयारीमा सरकार रहेको एक अधिकारीले बताए । पूरक बजेटमार्फत त्यो घोषणा हुने छ ।

यसअघि माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले बृद्धभत्ता एक हजारबाट बढाएर दुई हजार बनाउने निर्णय गरेको भनिएको थियो तर पछि सो विषयमा मन्त्रिपरिषदबाट कुनै निर्णय नभएको भन्दै कार्यान्वयन भएको छैन् ।

नियमति बजेटका ल्याउँदा सरकारले आर्थिक भार थेग्न नसकिने भन्दै बृद्ध भत्ता बढाएको थिएन । तर वामपन्थी नेतृत्वको सरकारले बद्धहरुलाई बेवास्ता गरेको भन्दै ठूलो संख्यामा जेष्ठ नागरिकहरु निरासा भएका थिए । त्यसै कुराको मनन गदैृ पूरक बजेट ल्याएरै भए पनि ओली सरकार बृद्ध भत्ता बढाउने तयारीमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org