ताजा समाचार

सुर्खेतमा चट्याङ लागेर एकजनाको मृत्यु

 काठमाडाैँ २६,भदाै ।  सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ ।

एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । सोमबार राति एक बजे उनको घरमा चट्याङ परेको थियो ।

चट्याङले कामीकी पत्नी ४८ वर्षीया खगिसरा पुन घाइते भएको प्रवक्ता चाैधरीले बताए । घाइते पुनको मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org