ताजा समाचार

प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा एक जना पक्राउ

काठमाडौं, ३१ भदौ प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन्  ।

लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए ।

प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ती गराइदिने उनीहरुले प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।

उनलाई काठमाडौं प्रहरीले काठमाडौं–५, महाराजगञ्जबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org