ताजा समाचार

निर्मला हत्या प्रकरणः ‘शक्तिशाली’ छानबिन समितिको कमाण्ड समाल्दै छन, डीअार्इजी बस्नेत

काठमाडौं ३१, भदाै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिन गर्न गठित एसएसपी उत्तम सुवेदीको समितिलाई ‘अपग्रेड’ गरिएको छ। सो समितिलाई डिआइजी धिरु बस्नेतको संयोजकत्वमा अपग्रेड गरिएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए। डिआइजी धिरु बस्नेतलाइ हालै सरकारले एआजि पदमा बढुवाकाे लागि सिफारिस गरेका छ।

प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। अहिले अपग्रेड गरिएको समितिमा ९ जना सदस्य पुगेका छन्। समितिमा एसएसी सुवेदी र निरजबहादुर शाही लगायतका सदस्य छन्।

सुवेदी नेतृत्वको समितिमा थप सदस्य र विज्ञहरु समेत राखिएको थापाले बताए।

‘सुवेदीको संयोजकत्वमा समिति गठन हुँदा डिएनएको रिपोर्ट आइसकेको थिएन, ल्याबमा गएको मात्रै थियो’, थापाले भने, ‘तर ल्याबको रिपोर्ट आइसकेपछि एक प्रकारले प्रहरीले अनुसन्धानमा लापरबाही गरेको लगभग पुष्टि नै भएको भएर अनुसन्धानमा खटिने सबै प्रहरी कर्मचारीहरुलाई अनुसन्धानमा ल्याउनुपर्छ र छानबिन हुनुपर्छ भन्ने प्रहरी प्रधान कार्यालयको सोच अनुसार पुनर्गठन गरिएको हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org