ताजा समाचार

हलचोकमा फुटपाथको बिषयमा झडप, प्रहरी कुटिए

काठमाडाैँ ३१,भदाै ।  फुटपाथ हटाउन नगएका काठमाडौँ महानगरका प्रहरी स्वयम्भूमा कुटिएका छन् ।

महानगर प्रहरी निरीक्षक पूर्णचन्द्र भट्टको कमाण्डमा स्वयम्भू हलचोकमा रहेको फुटपाथ हटाउने क्रममा झडप भएको हो । महानगरीय प्रहरीका अनुसार करिब एकसय ५० जनाको समूहले नगर प्रहरीलाई हातपात गरेका थिए ।

उक्त समूहको आक्रमणबाट घाइते हुनेहरुमा नगर प्रहरीका हवल्दार इन्दिरा कार्की, प्रयास घिमिरे घाइते भएका छन्।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिजन बजगाईं, राजु श्रेष्ठ र उद्धवप्रसाद बाँस्तोला रहेका छन् ।

महानगरीय प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org