ताजा समाचार

प्रस्तावित अख्तियार प्रमुख आयुक्त घिमिरेविरुद्ध उजुरी नै उजुरी, ४ गते सुनुवाइ गरिने

काठमाडौँ २,असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त नवीनकुमार घिमिरेविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेन। समितिले भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश दिनभित्र कुनै उजुरी भएमा समितिमा दर्ता गर्न सरोकारकालालाई आग्रह गरेको थियो।

समितिले दिएको १० दिनको समय सोमबार सकिएको हो। सोमबार कार्यालय समयसम्म कुनै पनि उजुरी नपरेको समिति सचिवालयले जनाएको छ।

करिब सात महिनादेखि प्रमुख आयुक्तविहीन रहेको अख्तियारमा संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। संवैधानिक परिषदको पत्राचार अनुसार सुनुवाइ समितिले २३ गतेबाट सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी माग गरेको थियो।

सुनुवाइ प्रक्रियासँग सम्बन्धित अन्य कारबाही अघि बढाउन आज समितिको बैठक बोलाइएको छ। असोज ४ गते घिमिरेको संसदीय सुनुवाइ गर्ने तयारी समितिको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org