ताजा समाचार

नासाले बनायो यस्तो विशेष सिरानी,जस्ले गहिरो निन्द्रा र पसिना सोस्ने दावी

एजेन्सि । वाशिङ्गटन, नासाले एउटा विशेष सिरानी बनाएको दाबी गरेको छ । नासाले दावी गरे अनुसार यो सिरानीको प्रयोगले गहिरो निद्रा पर्ने र पसिना समेत सोस्ने गदैछ ।

नासाले यो सिरानी विशेष गरी अन्तरिक्ष यात्रीहरुलाई अलग अलग तापक्रममा हुने नोक्सानीबाट जोगाउन निर्माण गरेको बताएको छ ।

विश्व बजारमा यो सिरानीको मूल्य ९९ अमेरिकी डलर राखिएको छ ।

विशेषज्ञहरुका अनुसार, यो सिरानी दुई किसिमको छ । पहिलो श्रेणीमा हिब्र नाम गरिएको सिरानीको मूल्य ९९ डलर राखिएको छ । यसमा पसिना सोस्ने फोमको प्रयोग गरिएको छ । अर्को सिरानी जिक बताइएको छ । यो जिक नाम गरेको सिरानीको मूलय २ सय डलर राखिएको छ । यसमा स्लिप सेन्सर, स्पिकर र भाइब्रेटर राखिएको छ ।

यो पछिल्लो जिक नाम गरेको सिरानी प्रयोग गरेर सुतेको बेला घुर्ने समस्या भएकालाई घुरेको आवाजले नै भाइब्रेट भएर प्रयोगकर्तालाई सुस्तरी उठाउने बतान्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org