ताजा समाचार

केरूङ नाकाबाट भित्र्याएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडौं ९ ,असोज। काठमाडौं प्रहरी परिसरले टोखाबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुलाई सार्वजनिक गर्न प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । उनीहरूले त्यो सुन केरूङ नाकाबाट भित्र्याएको प्रहरीले जनाएको छ ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले सोमबार राति सुनसहित भरिया समातिएको पुष्टि गर्दै थप विवरण दिउँसो सार्वजनिक गरिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org