ताजा समाचार

राजधानी तनाब: प्रदेशसभामा सांसदको नाराबाजी, मुख्यमन्त्रीको राजीनामा माग्दै बाहिर स्थानीयको प्रदर्शन

काठमाडाैँ १२,असोज । धनगढी । प्रदेश नम्बर सातको राजधानी विवाद उत्कर्षमा पुगेको छ । धनगढीबाट राजधानी नसार्न माग राख्दै स्थानीय बासिन्दा तथा प्रदेश सांसदहरु नै आन्दोलनमा उत्रिएका छन् ।

प्रदेश सभा भवनबाहिर धनगढीका बासिन्दा र प्रदेश सभा बैठकमा प्रतिपक्ष सांसदहरुले विरोध गरेका हुन् ।

राजधानी सार्ने प्रस्तावको विरोध गर्दै काँग्रेस सांसदहरुले आजको प्रदेशसभा बैठकमै नाराबाजी गरेका छन् ।

प्रतिपक्षको नाराबाजीपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

शुक्रबार बिहानैबाट राजधानीको विषयलाई लिएर प्रदेशसभा भवन बाहिर आन्दोलनकारीले नाराबाजी सुरु गरेका थिए । कउनीहरुले ‘वन मास्न पाइँदैन, मुख्यमन्त्री राजीनामा दे, वन माफिया होसियार’ लगायतका नारा लगाएका छन् ।प्रदेश राजधानी गोदावरी नगरपालिकाको तेघरी राख्ने प्रस्तावको विरोधमा धनगढीबासी तीन दिनदेखि आन्दोलित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org