ताजा समाचार

नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं १२ असोज। नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार राजधानीको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने जनाइएको छ ।

त्यहाँ यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु पनि रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org