ताजा समाचार

निजगढ विमानस्थलबारे माधव नेपालले भने– जंगल फडानी गरेर हवाई सिटी बनाउनु पर्दैन

काठमाडाैँ १२,असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण गरे मात्रै पुग्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा नेपालले नेपालका लागि निजगढ विमानस्थल आवश्यकता भएको बताएका छन्। तर, जंगल फडानी गरेर हवाई सिटी बनाउनु नपर्ने बताएका छन्।

‘आवश्यकता अनुसार विमानस्थलको विस्तार गर्दै जानुपर्छ’, नेपालले भने, ‘आर्थिक रुपमा सबल हुने अवस्था नहुँदासम्म एकै पटकमा धेरै ठूलो विमानस्थल बनाउन हुँदैन।’

तर, विमानस्थल विस्तारका लागि आवश्यक जग्गा भने पहिलै नै अधिग्रहण गरेर राख्नुपर्ने नेपालको भनाइ छ। “हवाई सिटी त त्यहीँ नजिकको सिटीमा बनाउन सकिन्छ,’ उनले भने।

सरकार भने पहिलो चरणमा हवाई यातायातका लागि आवश्यक संरचना निर्माणसँगै दोस्रो चरणमा हवाई सिटीसमेत बनाउने योजनामा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org