आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
काठमाडाैँ १३,असोज । तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे ।
उनको गुजारा यसै गरी चलेको थियो ।
धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् ।
लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे ।
श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो ।
त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो ।
यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो ।
उनको साथमा छोरीसमेत थिइन् ।
सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे ।
मन्थलीले खुसीको दिन आएजस्तो महसष गर्न थालिन् ।
झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलार्य नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ बर्षीया जावलाखेल क्ष नाम परिवर्तन् लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् ।
समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो ।
एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको ।
रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् ।
भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन ।
परिसरमै छोरीलाई खाकमा राखेर माया साटिन् ।
तर उनको खुसीको क्षण केहि बेर पनि टिक्न पाएन ।
छोरीले सौताने बाबुको दुब्र्यबहार र मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन् ।
होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाईन् ।
उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् ।
कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दाका पनि लिम्बुबटै बलात्कृत भएकी रहिछन् ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...