प्रदेश राजधानीप्रति असहमति जनाउँदै धनगढीमा अनिश्चितकालिन आमहड्ताल
काठमाडाैँ १३,असोज । प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ ।
बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको छ । दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको सममा चलेका छैनन् । साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्दकर्ताको भनाइ छ ।
मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरु ग्यारेजमै फर्किएका छन् ।
उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ ।
बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ-ठाउँमा परिचालन गरिएको छ ।
प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय बहुमतका आधारमा गरिएको थियो ।
आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । आन्दोलनको नेतृत्वकर्ता स्थानीय कांग्रेस नेता हरि रेग्मीले भने, ‘दुई तिहाइको दम्भबाट प्रतिपक्षी दलको उपस्थितिविना प्रदेशको नाम र राजधानी तोक्ने निर्णय गरिएकाले हामीलाई मान्य छैन ।’
प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।
Comments
अरु समाचार
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरीका १६ डिआइजी र १८ एसएसपीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ एसएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका प्रमुख...