ताजा समाचार

धनगढीमा उपसचिव वीरेन्द्र केसीको गाडी तोडफोड

धनगढी १४,असोज । प्रदेशको नाम र राजधानी विवादलाई लिएर अनिश्चितकालिन बन्दमा उत्रिएका प्रदर्शनकारीले सरकारी गाडी ताडफोड गरेका छन् ।

सुदूपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी चढेको गाडीमाथि तोडफोड भएको हो ।

धनगढी एयरपोर्टमा उत्रिएर मन्त्रालय जाने क्रममा पछाडिबाट ढुंगा प्रहार भएको केसीले बताए । त्यसबाट मन्त्रालयको बा १ ज ९७०३ नम्बरको गाडीको सिसा फुटेको छ । केसी भने सकुशल छन् ।

उनी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्च स्तरीय समितिको सदस्य समेत थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org