ताजा समाचार

  त्रिभुवन विमानस्थलको पार्किङ एरियाबाट अवैध सुनसहित दुईजना पक्राउ

काठमाडौं १८, असोज।  त्रिभुवन विमानस्थलको पार्किङ एरियाबाट अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी सातपट्टी–२ घर भएका ३० वर्षीय डोलराज न्यौपानेसहित २ जना रहेका छन् । उनीहरुको साथबाट २ सय ९२ ग्राम सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले विदेशबाट आएका यात्रुहरुले ल्याएको सुन अवैध रुपमा संकलन गर्ने गरेका थिए । ६ ओटा बालासहित बुधबार पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका–१४ सोल्टिमोडस्थित श्रम कार्यालयबाट १२ जना बिचौलिया पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई श्रम गरिदिने भन्दै हैरानी दिने चन्द्रागिरी नगरपालिका–१४ का २४ वर्षीय उज्वल पन्थीसहित १२ जनालाई बुधबार नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । प्रहरीका अनुसार बिचौलियाहरुले बाटो छेकेर सेवाग्राहीलाई हैरानी दिने गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org