ताजा समाचार

काठमाडाैं ७ बाट चुनाब लड्ने तयारीमा जुटेका बामदेवलाई ईश्वर पोखरेलले दिए ‘रेड सिंग्नल’!

काठमाडाैँ २३,असोज । काठमाडाैंबाट चुनाव लड्ने तयारी गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमका लागि सचिवालय सदस्य ईश्वर पोखरेल बाधक बनेका छन् । काठमाडाैं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले गौतमलाई सांसद बन्न राजीनामा दिएपछि रक्षामन्त्रीसमेत रहेका पोखरेलले आपत्ती जनाएका हुन् ।

नेकपाका बरिष्ठ नेता गौतमलाई प्रतिनिधि सभामा पुर्याउन सांसद मान्नधरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष सोमबार राजीनामा पत्र बुझाएका थिए ।

काठमाडाैं ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले दिएको राजीनामा पत्र महासचिव विष्णु पौडेलले पढेर सुनाएका थिए ।

प्रचण्डको प्रस्तावमा सचिवालय सदस्य पोखरेलले विरोध गरेका थिए । पत्र पढिसकेपछि पोखरेलले विरोध स्वरुप भने, ‘यो गलत हुन्छ, नगरौं ।’ प्रचण्डको प्रस्ताव र पोखरेलको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सांसद मानन्धरसँग कुरा गर्ने बताएका थिए ।

र….यो पनि

अन्ततः प्रचण्डले वामदेवलाई सदनमा भित्रयाएरै छाडे, रामवीरले दिँदैछन काठमाडाैं ७ बाट राजीनामा
अन्तत वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने भए , रामवीरले राजीनामा दिँदै

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org