‘राँगाको मासु खानलायक छैन’
काठमाडौं, २७ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
‘हामीले काठमाडौंमा मासुको अनुगमन गिरिरहेका छौं । नेपालमा मासुको प्रयोग बढि नै हुने गरेको छ । तर, नियमन भने हुन सकेको छैन् । राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ । काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन् । बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं मन्त्री खनाललले भने, ‘राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन् । तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ । त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ । प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित् रहेकोले हामीले बन्द गर्यौं ।’
मन्त्री खनालले विगतमा कसरी व्यवस्था गरिएको थियो मलाई त्यति थाहा नभएको बताए । तर, अहिले जनताका सरोकारका विषय दुषित, प्रदुषित खाद्यवस्तुबाट रोगहरु लाग्छ । पानीबाट पनि रोगहरू उत्पन्न भएका छन् । खाने तेल र दुधको पनि स्थिति त्यस्तै छ । बधशालालाई व्यवस्थित गर्नको लागि मासु जाँच ऐन–२०५५ जारी गरिएपनि कार्यान्वयन नभएकोमा उनले गुनासो पोखे । उनले थपे,‘नेपालमा ऐन पारित गर्ने तर कार्यान्वयन नहुने समस्या छ । अब कार्यान्वयनतर्फ ध्यान दिनपर्छ । ऐन कार्यान्वयन नहुँदा मासुको स्थिति राम्रो देखिएन् ।’
त्यस्तै उनले हेटौंडामा रहेको पूरानो बद्यशालालाई पूनः सञ्चालनमा ल्याउनेबारे सरकारले तयारी गर्ने पनि जानकारी दिए । उनले भने,‘दैनिक ४ सय राँगा काट्न सकिन्छ । हेटौंडालगायत अन्य ठाउँमा बध गरेर काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न सकिन्छ । सरकारले यसबारेमा पनि सोचेको छ ।’ त्यस्तै उनले काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पूरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने योजना सुनाए ।
उनले आफूहरुले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे । उनले भने,‘अरु मासुपनि व्यवस्थित छैनन् । तर, राँगाको मासु खानलायकको छैन् ।’
मन्त्री खनालले अनुगमनपछि २२ पानी उद्योगमा ताला लगाएको सुनाउँदै अहिले सुधारउन्मुख रहेको बताए । उनले भने,‘त्यस्तै दुधमा पनि अनुगमन गरेका थियौं । अहिले दुधमा ९२ प्रतिशत सुधार भएको छ । गुणस्तर कायम गरेका छौं ।’
उनले एक वर्षसम्म खाद्य सुरक्षा अभियान सञ्चालन गर्नेपनि जनाए । खनालले भने,‘एक वर्षसम्म नै खाद्य सुरक्षा अभियान चलाउँछौं । चार वटा मोवाईल भ्यानमार्फत अभियान चलिरहेको छ । अझैसम्मपनि सञ्चालनमा नआएकोले मैले तत्काल नै सञ्चालन गर्नको लागि खाद्य तथा गुण नियन्त्रक विभागलाई निर्देशन दिईसकेको छु । यसलाई दशैं तथा तिहारलगायत चाडपर्वमा मात्रै नभएर वर्षैभरि सञ्चालन गर्नुपर्छ । दशैं तथा तिहारमा मात्रै अनुगमन गर्ने हो भने अनुगमन तथा नियामक निकायलाई खारेज गर्दा हुन्छ।’
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












