ताजा समाचार

फूलपाती भित्र्याइँदै

 

काठमाडौँ । बडादशैंको सातौं दिन आज धार्मिक परम्परा अनुसार घर–घरमा फूलपाती भित्र्याइँदैछ । उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतका प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ ।

भगवतीका अन्य मन्दिरहरूमा पनि आजै फूलपाती भित्र्याइन्छ । परम्परा अनुसार गोर्खा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैंघरमा भित्र्याइन्छ । सो फूलपातीलाई गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित ६ जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाण्डौंबाट गएका पुजारीले बोकेर ल्याउँछन् ।

हनुमानढोकाबाट हर्षबढाईंका साथ गएको लावालस्करले जमलमा राखिएको सो फूलपाती हनुमानढोकास्थित दशैंघरमा ल्याइन्छ । फूलपाती लिन ब्याण्डबाजा, गुरुज्युको पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली, सांस्कृतिक नाचगानटोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरू सम्मिलित हुन्छन् । नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित बढाइँ समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती भित्र्याइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org