दसैं सकिएपछि कर्मथलो फर्किनेको भीड
काठमाडौँ । दसैंअघिसम्म घर फर्कनेको भीडभाड थियो । यतिबेला भने स्थानीय बसपार्कमा टीकाको दोस्रो दिनदेखि नै दसैँ सकाएर आ–आफ्नो कर्मथलो फर्किनेको चाप बढेको छ । खासगरि काठमाडौंलगायत मुलुकका विभिन्न शहर जानेको भीड एक/दुई दिनयता निकै बढेको हो ।
गोरखाको भच्चेक, गोरखाबजार बसपार्क, लगायत मुलुकका विभिन्न स्थानीय बसपार्क तथा सदरमुकाममा बिहानैदेखि टिकट काट्नेको भीड देखिन्छ । यातायात समितिले आइतबारदेखि नै काठमाडौंलगायतका सहरका लागि अग्रिम टिकट बुकिङ खुला गरेपछि काममा फर्किनेलाई टिकट काट्न भ्याइ–नभ्याई भएको छ ।
अग्रिम बुकिङ खुल्ला भएपछि धमाधम अग्रिम टिकट काट्नेको घुइँचो लागेको छ । आइतबार बिहानै अधिकांश टिकट बिकेको यातायात समितिले जनाएका छन् । कतिपय यात्रु सोही दिनको टिकट नपाएर गन्तव्यतिर जानबाट रोकिएका छन् । अहिले बसमा यात्रुको चाप बढेको छ । दैनिक २ वटा बस सञ्चालनमा रहे पनि एक/डेढ घण्टामै टिकट बुक भइसक्ने गरेको समितिले जनाएका छन् ।
समितिले दशैंका लागि घर फर्किने लक्षित गरेर सञ्चालन गरेको अतिरिक्त बस सेवा दशैंपछि पनि कायमै छ । ग्रामीण सडकमा समेत दशैंदेखि बढेको यात्रुको चाप अझै नघटेको घटेको छैन ।
फाइल तस्बिर
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
उपयोगी ‘सिस्नु’: धेरै रोगको औषधी कसरी खाने ?
काठमाडाैँ । सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...
-
आजको राशिफल: २०८१ वैशाख २४ गते सोमवार
मेषः मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि...