तिहार नआउँदै फूल झर्न थालेपछि किसान चिन्तित
काठमाडौँ । तिहार गतवर्षको भन्दा पक्कै पनि ढिला भएको हो । नेपाल पञ्चाङ्ग निर्णय समितिको कुरा बेग्लै होला । तर, तिहार आउन अझै केही दिन बाँकी नै छ । मौसमले पनि छिटो गरेर होकी यसपटक तिहारका लागि भनेर किसानले लगाएका सयपत्री, मखमली लगायत फूल छिट्टै फुलेको किसानहरू बताउँछन् । किसानहरूले लगाएका फूल बगैंचामै झर्न थालेका छन् ।
त्यस्तै काठमाडौँमै पनि कतिपयले कौसीमा फूल लगाएका छन् । बगैंचामा रोपेका छन् । तर, फूल झरेर सौन्दर्य हराएको छ । सौदन्र्य त हरायो नै भाइटीकामा माला उन्न भनेर बचाएर राखेको फूल झर्दा दिदीवहिनीहरू चिन्तित देखिन्छन् ।वत्तीसपुतलीकी विन्दु खनाल घरको कौशीमा फूल स्याहार्दै गरेको अवस्थामा भेटिइन् । भाइटीकाका लागि भनेर गमलामा रोपेको सयपत्री फुलेर झर्न थालेपछि उनी चिन्तित देखिन्थिन् । ‘अरु वर्षमा जस्तै असारको अन्तिमतिर रोपेको थिएँ, भाइटीका आएकै छैन, फूल फुलेर झर्न थालिसक्यो उनले भनिन् भाइटीकामा किन्नै पर्ने भयो ।
यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । पात्रो हेरेर फूल नरोप्नेहरु समस्यामा परेका छन् । सामान्यतः असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ । तर, यसपालिको भाइटीका अघिल्लो वर्षको भन्दा १९ दिन ढिला भएकाले सयपत्री फुलेर पनि झर्न थालेको छ ।
त्यसो त, शहरमा ठाउँ अभाव हुँदा र व्यस्त दैनिकीले आफैले दुःख गरेर फूल रोप्नुको सट्टा बजारे फूलले नै धेरै तिहारको गर्जो टार्ने गरेको छ ।
फ्लोचिकल्चर एशोसिएनसन अन्तर्गतको कट फ्लावर ग्रोवर उपसमितिकी सचिव एवं पुष्प व्यवसायी सुशीला कठायतका अनुसार पात्रो नहेरी व्यवसायिक फूल खेती नगर्ने कतिपय व्यवसायी फूल झर्न थालेपछि चिन्तित छन् । तिहारमा एक करोडको फूल कारोबार हुने गरेकोमा ३० देखि ३५ लाखको माला भारतबाट आउँछ । ९० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि तिहारमा माग ह्वात्तै बढ्न भएकाले १० प्रतिशत भारतीय बजारबाट ल्याउनै पर्ने बाध्यता छ ।
व्यवसायीका अनुसार यसवर्ष मखमली र गोदावरीको फूलको माला आन्तरिक उत्पादनले धान्ने भएकाले नपुगेको सयपत्रीको माला भारतबाट आयात हुनेछ ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...