बाँसबाट निर्मित सामग्री बेच्न तिहार र छठ कुर्दै डोम बस्ती
बर्दिवास । तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट यी सामान बनाएर बेच्ने पुख्र्यौली ब्यवसाय अँगाल्दै आएका डोम बस्तीमा खुशी छाएको हो ।
चरम गरीबीले गर्दा वर्षभरि अभावनै अभावमा बित्ने डोम समुदायमा ससाना नानीको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हामी गरीबका पनि हुँदा रे छन्” एकाबिहानै चोयाको छिटी बुन्न तल्लिन रहेका जिल्लाको भङ्गाहा नगरपालिका–५ को सीतापुर बजारसँगैको डोम बस्तीका अगुवा प्रगाश मरिकले भन्नुभयो, “ती सबै रहर र चाहना हामीले तिहार र छठपर्वमा पूरा गर्ने आश साँचेका हुन्छौँ ।”
तिहार र छठ नजिकिँदै गर्दा ससाना नानीको फर्माइस ‘माग’ पनि दिनहुँजसो बढी रहेको हुन्छ । ‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा’ ‘बुबा, म तिहार र छठपर्वमा चङ्गा उडाउँछु, मलाइ रङ्गीवीरङ्गी चङ्गा ल्याई दिनुहोला तिहार र छठपर्वका लागि माग भएका चोयाका समान बुनी रहेका जिल्लाकै रामगोपालपुरका अछवा मरिकको छेउमै खेल्दै आइपुगेका उनका सात वर्षीय छोरा अजय मरिकले माग गरे ।
शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका डोम ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइ रहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नीसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचैँ आफूहरूले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोम बताउँछन् ।
जिल्लाभरिमा एक हजार ५० ९२०६८ सालको जनगणनाअनुसार, स्रोत–जिल्ला तथ्याङ्क कार्यालय महोत्तरी० मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् ।
तिहार र छठ नजिकिएसँगै डोम बाँसको खोजमा निस्कने र घर ल्याइएका बाँस फोडेर फुटाएर चोया काढ्दै त्यसबाट आफ्नो सीप पोखी रहेका छन् । तिहार र छठले आफ्नो झुप्रा बस्तीमा पनि खुशी छिराउने आम डोम जातिको सपना छ । यही बेला आफूहरूका लागि नयाँ लुगा फेर्न, मीठोमसिनो खान र नानीहरूको रहर पूरा गर्र्न उपयुक्त अवसर भएको डोम समुदायका अगुवा बताउँछन् ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...