ताजा समाचार

जीवनशैली : राती नाङ्गै सुत्नुका यस्ता फाइदा

काठमाडौँ । तपाईं हामीमध्ये धेरैजसो चिसो याममा हल्का कपडा र गर्मी याममा अन्डरवेयर लगाएर सुत्ने गर्दछौ । तर, विशेषज्ञहरूका अनुसार यसो गर्दा स्वास्थ्यसँग सम्बन्धित समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ ।

विशेषज्ञहरूका अनुसार सबैभन्दा उत्तम सबै कपडा खोलेर सुत्नु हुने गर्दछ । गुप्तअंगहरुलाई पनि राति कपडाबाट राहत दिनुपर्दछ । यसो गर्दा विभिन्न इन्फेक्सनबाट बच्न सकिन्छ । पसिना आउने शरीरका अंगहरूमा ब्याक्टेरियालाई फैलने अवसर प्राप्त हुन्छ । विशेषगरी त्यस्ता अंगमा जुन सबै कपडाले ढाकिएको हुन्छ ।

यसबाट महिलाको तुलनामा पुरुषहरूमा बढी समस्या देखिने गर्दछ । यसबाट पुरुषको प्रजनन क्षमतासमेत प्रभावित हुन्छ । न्युयोर्कमा गाइनोकालजिस्टको क्षेत्रमा काम गर्ने डा.अलिसाले हालै यस विषयमा लेखेकी छन्–म सधैं आफ्ना विरामीहरूलाई भन्ने गर्दछु कि बिना अन्डरवेयर सुत्ने गर्नुस् ।

उनले भनिन्–यदि तपाई सधैं कभर गरिरहनु हुन्छ भने पसिना सुक्न पाउँदैन । सधैं गिलो बनिरहन्छ । र, त्यसबाट ब्याक्टेरिया फैलने सम्भावना रहन्छ । गिलोपनका कारण रोगहरू फैलने सम्भावना बढ्छ । यसबाट खटिरा र छालामा इन्फेक्सन हुने आशंका बढ्छ । महिलामा यसको असर झनै बढी हुन्छ । यसको स्पष्ट असर उनीहरुको पिरियडमा पर्दछ।

डा.अलिसाले फेरि भनिन्–जो राति नाङ्गै सुत्न सक्दैनन्, उनीहरुले खुकुलो कपडा लगाउनु राम्रो हुनेछ । राति तपाईले पनि बिना कपडा सुत्ने बाँनी भने बसाल्नु राम्रो हुनेछ ।एक सर्भेका अनुसार ब्राजिलमा खुला समाज छ, तैपनि त्यहाँ १८ प्रतिशत महिला मात्र बिना अन्डरवेयर ओछ्यानमा जाने गर्दछन् । यो आँकडा बेलायतको तुलनामा कम हो । महिला र पुरुषमा यसको अलग अलग औचित्य छ । तर, गर्भधारणमा यसको असर पर्दछ ।

एजेन्सीको सहयोगमा न्युज–नेपाल डट कम

तस्बिर :  गुगल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org