स्वास्थ्यचौकी चिकित्सकबिहीन
मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । करीब रु २० लाखको लागतमा शौचालय र स्नान कक्षसहित गाउँपालिका केन्द्र नजिकै सो स्वास्थ्यचौकी सञ्चालनमा आएको हो । नेपाली सेनाले स्वास्थ्यचौकी भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
चिकित्सक नहुँदा उपचारका लागि आउने बिरामी उपचार नगरिकनै फर्कने गरेका छन् । स्थानीयवासी धनमाया ओलीका अनुसार स्वास्थ्यचौकी सधैँ बन्द रहन्छ । “घर नजिकै अस्पताल बन्यो, चिकित्सक छैनन्”, उहाँले भन्नुभयो । यहाँका बिरामी सदरमुकाम सल्ले, दाङ, नेपालगञ्जलगायत ठाउँमा उपचारका लागि जान बाध्य छन् । त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले आवश्यक दरबन्दी अनुसार कर्मचारी माग गरिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
काठमाडौं । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ
काठमाडाैं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले 'भेप' वा 'विद्युतीय चुरोट'लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।...
-
पद्मकन्यामा ‘डाइवेटिज टक’
काठमाडाैँ । पद्मकन्या बहुमुखी क्याम्पसमा डाइवेटिज टक कार्यक्रम गरिएको छ। कार्यक्रममा स्वास्थ्यविज्ञहरुले डायवेटिज के कारणले हुन्छ र त्यसबाट कसरी जोगिन...
-
उपयोगी ‘सिस्नु’: धेरै रोगको औषधी कसरी खाने ?
काठमाडाैँ । सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
तातो हावाको लहर अझै बढ्ने, विभागले भन्यो- सतर्क रहनुस्
काठमाडाैँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...