ताजा समाचार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई २ दिन भिटामिन ‘ए’ क्याप्सुल खुवाएको हो ।

१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको थप औषधिसमेत खुवाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाले सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि पाउनेछन् ।

पोषण कार्यक्रम लागू भएका जिल्लाका बालबालिकाको पोषणस्थिति थाहा पाउन पाखुराको नापसमेत लिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जनशक्ति परिचालन गरिएको जानकारी दिँदै नजिकैको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा लगेर खुवाउन आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org