पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु
काठमान्डाै। पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिको समेत विकास भएको चर्चा गर्दै उहाँले यसविरुद्धको खोप शुरु गर्न लागिएको जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालय, नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ क्लिनिकल ओक्कोलोजीको संयुक्त आयोजनामा शुरु भएको गोष्ठीमा क्यान्सर विशेषज्ञले नेपालका विभिन्न अस्पतालका करीब २५० चिकित्सक र स्वास्थ्यकर्मीलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा डा ऋषिकेश नारायण श्रेष्ठले बताएका छन् ।
गोष्ठीमा अमेरिकाका पाँच, भारतका पाँच, चीनका तीन र नेपालका २६ गरी ३९ क्यान्सर विशेषज्ञले प्रशिक्षण एवं क्यान्सरको अवस्था, चुनौती र समाधानबारे जानकारी गराउने उहाँले जानकारी दिएका छन् । कात्तिक १७ गतेसम्म सञ्चालन हुने गोष्ठीमा नेपालमा महिलामा हुने पाठेघर मुखको क्यान्सरको न्यूनीकरण र उपचार पद्वतिका बारेमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षणसमेत दिइने अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
काठमाडौं । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ
काठमाडाैं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले 'भेप' वा 'विद्युतीय चुरोट'लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।...
-
पद्मकन्यामा ‘डाइवेटिज टक’
काठमाडाैँ । पद्मकन्या बहुमुखी क्याम्पसमा डाइवेटिज टक कार्यक्रम गरिएको छ। कार्यक्रममा स्वास्थ्यविज्ञहरुले डायवेटिज के कारणले हुन्छ र त्यसबाट कसरी जोगिन...
-
उपयोगी ‘सिस्नु’: धेरै रोगको औषधी कसरी खाने ?
काठमाडाैँ । सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
तातो हावाको लहर अझै बढ्ने, विभागले भन्यो- सतर्क रहनुस्
काठमाडाैँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...