लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व
काठमान्डाैं । को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा रु ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ । सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिनुभयो । सङ्कलित राजश्व गत आवकोे साउनदेखि असोजसम्मको तुलनामा ४२ प्रतिशतभन्दा बढी हो । आव २०७४÷७५ को साउनदेखि असोजसम्ममा रु ३० अर्ब ५६ करोड ३३ लाख राजश्व सङ्कलन भएको थियो ।
देशको प्रमुख भन्सार नाका भएर आयात निर्यातमा वृद्धि भएसँगै राजश्व सङ्कलनमा सुधार आएको खत्रीको भनाइ छ । चालू आवकोे असोजमा मात्र लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । कार्यालयले असोजका लागि रु १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकामा रु १६ अर्ब ५४ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ ।
Comments
अरु समाचार
-
कोदोखेतीले धानेको खोरियागाउँ, प्रोत्साहन गर्ने नीतिकाे खाँचाे
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको...
-
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई...
-
विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन...
-
उद्योगमा काटिएको बिजुली आज मध्यान्ह १२ बजेसम्म जोड्न सरकारको निर्देशन
काठमाण्डौ । सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार मध्यान्ह १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको...
-
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। पछिल्लो समय सुनको भाउ घट्ने बढ्ने क्रम जारी छ।साताको पहिलो दिन...
-
व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी, ढुवानीको सुविधा नहुँदा कृषकलाई समस्या
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका...
-
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
काठमाडौँ : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार...